साप्ताहिक संवाददाता
श्रावण २५, २०७६
ठमेलको क्लब प्लेब्वाइमा गायिका तिर्सना गुरुङ शनिबार साँझ ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म प्रस्तुत हुँदैछिन् । मेलोडियस विकेण्ड शीर्षक दिइएको उक्त सांगीतिक इभेन्टमा कोलाब ब्याण्ड व्यकअप ब्याण्डका रूपमा उपस्थित हुनेछ ।
ओपनिङ ब्याण्डका रूपमा फ्युजन मन्त्र ब्याण्डले यो रमाइलो साँझको प्रारम्भ गर्नेछ भने डिजेहरू पुनित, याफ्फु तथा अशोकले सहभागीहरूलाई नचाउने जिम्मा लिएका छन् ।
किङ्समा कर्मा ब्याण्ड
दरबारमार्गस्थित किङ्स लाउन्जलमा कर्मा ब्याण्डले लाइभ प्रस्तुति दिँदैछ । यो कन्सर्ट आज शनिबार साँझ ६ बजेदेखि राति अबेरसम्म जारी रहनेछ । ‘साउन स्प्ल्यास’ शीर्षकको उक्त लाइभ कार्यक्रममा खानपिनसँगै संगीतको आनन्द उठाउन पाइनेछ ।