साप्ताहिक संवाददाता
अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको चलचित्र 'दयारानी' प्रदर्शन मिती सात महिना पछि सरेको छ । अव यो चलचित्र आगामी फागुन ९ मा प्रदर्शन हुनेछ ।
यसअघि ०७६को जेठ १० गते प्रदर्शनमा आउने भनिएको थियो । त्यसपछि प्रदर्शन मिति सारेर साउन ३० मा पुराइएको थियो । यो चलचत्रि दिपेन्द्र के खनालको चलचित्र ‘आमा’ संग जुध्नेछ ।
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले केहि कारणले चलचित्रको मिति सारिएको बताए ।
दयारानीमा एउटा खराब श्रीमान् र दयालु श्रीमतीको कथा समेटिएको छ । चलचित्रमा बिजय बराल, पुष्कर गुरुङ, डिबी गुरुङ, प्रमिश गुरुङ, शिरिसा कुवर, नयन गुरुङ, टिका राम घले, कृष्टि गुरुङ लगायतको अभिनय देख्न सकिनेछ । शैलेन्द्र डि। कार्कीको छायांकन, राजन राज सिवाकोटी र बिनोद बानियाको संगीत, बिक्रम स्वारको कोरियोग्राफी रहेको फिल्ममा राजेन पुवेर र नेमिष श्रेष्ठको सम्पादन रहेको छ ।
राम बाबु गुरुङ र अपिल त्रिपाठी कार्यकारी निर्माता रहेको चलचित्रलाई हङकङमा रहेका व्यवसायी मोहन ९टिला० गुरुङसंगै किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुसीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन प्रकाश गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् ।