साप्ताहिक संवाददाता
श्रावण २६, २०७६
गायक रमेश श्रेष्ठ मेलोडी नयाँ गीतका साथमा स्रोता तथा दर्शक माझ आएका छन् । उनले हालसालै ‘घरमा मेरो बिहेको करकर’ बोलको गीत सार्वजनिक गरेका हुन् । केहि समय अघि ‘टिकटकले डुबायो’ शिर्षकमा गीत सार्वजनिक गरेका श्रेष्ठले पछिल्लो पटक सार्वजनिक गरेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरेका छन् ।
सुरेन्द्र थपलियाले लेखेको उक्त गीतमा गायक स्वयमः ले संगीत गरेका छन् । म्युजिक भिडियोलाई बिशाल प्रजापतिले छायांकन गरेका छन् भने निर्देशक सरोज श्रेष्ठले गरेका हुन् । कृष्ण भण्डारीले सम्पादन गरेको म्यूजिक भिडियोमा हास्य कलाकार महादेव त्रिपाठी, मनिष प्रितम, रश्मि श्रेष्ठ, गणेश केसी, नमराज पराजुली तथा भगवान खत्रीले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :