हङकङमा २५ औँ विश्व आदिवासी दिवस मनाईयो । याउमा तेई स्थित कम्युनिटी हलमा आयोजित कार्यक्रममा हङकङका आदिवासी समुदाय, विभिन्न संघसस्थाका प्रतिनिधी लगायतको उल्लेखय उपस्थिती थियो ।
कार्यक्रमलाई सम्वोधन गर्नका लागि नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बराम हङकङ आएका थिए । बरामले आदिवासीहरुको हक हितका लागि सरकारले कति पनि नसोचेको बताए । निरन्तरको खवरदारी र आन्दोलनबाट लेखिएका अधिकार प्राप्तीको लागि पनि सरकारलाई घच्घचाउँनु पर्ने विडम्वना रहेको सुझाए ।
कार्यक्रममा आदिवासी बर्ष पुरुषको सम्मान हस्तबहादुर आरुङ्हाङ र बर्ष महिलाको सम्मान रीता गुरुङलाई प्रदान गरियो ।
११ जनजातीहरुको आवद्धता रहेको हङकङ आदिवासी जनजाती महासंघले चाँडै आफने संस्कार, भेषभुषा र कलाप्रर्दशनीका लागि आदिवासी झन्कार कार्यक्रमको आयोजना गर्ने अध्यक्ष किसन राईले बताए ।
विभिन्न जातीय संघसस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्य दिएको कार्यक्रमलाई संघका महासचिव कृष्ण लावतीले सञ्चालन गरेका थिए ।