साप्ताहिक संवाददाता
चर्चित अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला अहिले नयाँ चलचित्र ‘छ माया छपक्कै’ को सुटिङपछिको काममा व्यस्त छिन् । यो चलचित्रको डबिङ, सम्पादन, कलर लगायतका काममा दिनरात खटिएकी दिपाश्रीको स्वभाव अरु धेरै कलाकारको भन्दा फरक छ ।
मनमा पाप छैन । सकेसम्म सबैको राम्रो होस् भन्ने चाहन्छिन् । सबैसँग मुसुक्क मुस्कुराएर बोल्नुपर्छ भन्ने मान्यता राख्छिन् । कसैलाई केहि भन्न मन लाग्यो भने फ्याट्टै बोल्छिन् । उनै दिपाश्रीले एउटा अचम्मको रहस्य खोलेकी छिन् ।
उनलाई कान्तिपुरका रामजी ज्ञवालीले एउटा प्रश्न सोधे, ‘तपाइको सपनामा कोहि पुरुष आएर हैरान पारेका छन् ? छन् भने नाम खुलाइदिनुस् न ∕’ प्रश्न सुनेर एकछिन मौन रहेकी दिपाश्रीले केहि समयमै जवाफ फर्काइन् । भनिन्, ‘केहि बर्षअघि सम्म अभिनेता राजेश हमाल आइरहनुहुन्थ्यो, अहिले दिपकराज गिरीले हैरान पारेका छन् ।
राजेश हमालका चलचित्र प्रदर्शन हुने समयमा धेरै जसो उनले सपनामा आएर हैरान पारेको र आजभोलीका सपनामा भने दिपकले अरु कसैलाई ठाउँ नदिएको उनले खुलाइन् ।
उक्त अन्तरवार्तामा दिपकराज गिरी अविवाहित भएको खण्डमा आफु उनिसँग विहे गर्न समेत तयार भएको बताइन् । मुस्कुराउदै उनले भनिन्, ‘जतिबेला गफ भैरहने पुरुष पनि दिपकनै हो । स्वभाव पनि मिल्ने । काम पनि मिल्ने । तर के गर्नु उसले विवाह गरिसक्यो ।’
दिपाश्री ४० बर्ष माथिको उमेरमा पनि अझै अविवाहित छिन् । दिपाश्रीले आफु चलचित्र क्षेत्रमा सक्रिय रहेको र भनेजस्तो पुरुष नभेटेकाले बिहे नभएको समेत बताइन् ।
पुरा अन्तरवार्ता पढ्नुहोस्