साप्ताहिक संवाददाता
स्वभावैले ६ वर्षिया बाल–बालिकाहरु चञ्चले हुन्छन् । खेल्न रुचाउँछन् । उफ्रिन रुचाउँछन् । यो उमेरका बाल–बालिकाहरुका सबै काम अभिभावकले गरिदिनु पर्छ । यहि उमेरकी एक बालिकाले एक बा गीतमा स्वर दिएकी छिन् । ‘काग दाजै– काग दाजै’ बोलको एक गीतमा गुल्मीकी रविना बसेलले स्वर दिएकी हुन् ।
गीत मार्फत कलिला बाल–बालिकालाई स्वदेश छोडी परेदेश पुगेका पिताहरुलाई स्वेदश फर्किन आग्रह गरिएको छ । छोरीले बाबालाई चाँडै घर फर्किन गरेको आग्रहमा रविना निक्कै खुलेकी छिन् । गीत सार्वजनिक भएसँगै अहिले रविनाको चौतर्फी चर्चा सुरु भएको छ ।
सार्वजनिक गीत अम्बिका गुरुङ्ले लेखेकी हुन् । राजन कार्कीले संगीत गरेको उक्त गीतमा संगीत संयोजन पनि संगीतकार कार्कीलेनै गरेका छन् । गितको म्युजिक भिडियोलाइ बालबालिकालाई मन पर्ने कार्टुनहरुलाई राजन कार्कीले आकर्षक तरिकाले एनिमेसन तथा सम्पदान गरेका छन् ।
यो गीतकी गायिका रविनालाई गायक रमेश श्रेष्ठले काठमाडौं ल्याएका हुन् । उनले गुल्मी महोत्सवमा गुल्मी गएका बेला रविनाको गायन कलालाई नजिकबाट नियालेका थिए ।
गीतको भिडियो :