साप्ताहिक संवाददाता
श्रावण २८, २०७६
बलिउडले निर्माण गरिरहेको अहिलेसम्मकै सबैभन्दा महँगो चलचित्र वार यतिबेला चर्चामा छ । वारमा ऋत्विक रोशन तथा टाइगर श्राफ मुख्य भूमिकामा छन् । ती दुई अभिनेताका साथ छनौट भएकी वाणी कपुरका बारेमा त्यतिबेला मिडियाको दावी थियो— उनी गलत छनौट हुन् ।
अहिले वाणीले उक्त चलचित्रमा आफूले निर्वाह गरेको भूमिकासँग सम्बन्धित एक भिडियो इन्स्टाग्राम मार्फत् सेयर गरेकी छिन् । उक्त भिडियो क्लिपमा वाणीको विकिनी अवतार देखेपछि पहिलेका आलोचकहरू भन्न थालेका छन्– वाउ वाणी इज राइट च्वाइस ।