साप्ताहिक संवाददाता
श्रावण २९, २०७६
गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा भनिएको छ ‘सयौँ कारण दिन सक्छु– कहाँ एक्लै बाँच्न सक्छु ।’ गीतका यि सुन्दर शब्दहरु गीतकार प्रलाद शाहले लेखेका हुन् । लोकप्रिय संगीतकार हरि लम्सालले संगीतको गरेको यो गीतमा गायक ढकाल निक्कै खुलेका छन् ।
फरक प्याटनमा तयार पारिएको उक्त गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । माया प्रेमको भाव समेटिएको यो गीतले एक्लै बाँच्न नसक्ने कुरा उल्लेख गरेको छ । बरु एक्लै बाँच्न नसक्नुका सयौँ कारण भन्न सक्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।
अहिले गीतको लिरिकल भर्सन मात्रै सार्वजनिक गरिएको छ । गीतको लिरिकल भिडियोलाई फराज अर्पणले तयार पारेका हुन् । गीतको म्यूजिक भिडियो पनि चाँडै निर्माण गर्ने गायक ढकालले बताएका छन् ।
गीतको म्यूजिक भिडियो :