साप्ताहिक संवाददाता
श्रावण २९, २०७६
चलचित्र कबिर सिंहको सफलतासँगै बलिउडमा स्थापित हुन पुगेकी कियारा आडवाणीको चारैतिर हाईहाई छ । अघिल्लो बुधबार २७ वर्ष पुगेकी कियारा यतिबेला को–स्टार सिद्धार्थ मल्होत्राको हट टार्गेटमा छिन् ।
अहिलेसम्म कसैसँग कुनै प्रकारको सम्बन्धमा नरहेको दावी गरिरहेकी कियारालाई गत शुक्रबार सिद्धार्थ मल्होत्राले आफूले हुक गर्न चाहेको बताएपछि कियाराको चर्चा एकपटक फेरि चुलिएको हो ।
एउटा टेलिभिजन च्याट शोमा बोल्दै सिद्धार्थले यतिबेला बलिउडमा माया गर्न र पछ्याउन लायक कोही छ भने तिनी कियारा नै भएको र कियाराका लागि आफू जे गर्न पनि तयार भएको बताएपछि कियारा अप्ठ्यारोमा परेको बताइन्छ । यतिबेला कियारा सिद्धार्थसँग सम्बन्धित प्रश्न पन्छाउँदैमा व्यस्त छिन् ।