साप्ताहिक संवाददाता
चलचित्र जायरामा चर्चित कलाकारहरुको ठुलै भिड छ । अहिलेसम्म प्रचार–प्रसार ठिकठाकै चलिरहेको देखिन्छ । गीत, संगीत, ट्रेलर र पोस्टरले दर्शकको ध्यान तानिरहेको छ । कलाकारहरु दिनरात अरु कुराको मतलब नराखेर प्रचार–प्रसारमा खटिएका छन् ।
तर, चलचित्र ‘जायरा’ टिमले पछिल्लो पटक निकै सस्तो प्रचारको बाटो रोजेर चलचित्रकै कलाकार र आफ्ना फ्यानहरुलाई छक्क पारिदिएको छ । सबैले बलेकै अगो ताप्ने त होनी भन्ने कुरालाई आत्मसाथ गर्दै जायरा टिमले युट्युबरहरुले एकाएक भाइरल गराइएका लाइफ ड्यामेज थेगोले चर्चित भएका अघोरी बाबालाई साथ लिएको छ । चलचित्र ‘जायरा’ को प्रचारमा खटिएका अघोरी बाबाले २ मिनेट २० सेकेण्डको भिडियोमा ‘जायरा’ नाम लेखिएको टिसर्ट लगाएको देख्न सकिन्छ ।
उक्त भिडियोमा लाइफ ड्यामेज अघोरी बाबा ध्यान गरेर बसिरहेका छन् । उनको अन्तर्वाता लिन आएका ब्यक्तिहरु म युट्युवबाट, म विज्ञापन एजेन्सीबाट, म टिभीबाट, म सिरियलका लागी भन्दै ध्यान भंग गर्न लागिरहेका हुन्छन् । जव नम्रता श्रेष्ठ भनेर नाम लिन्छन् ध्यानमग्न बाबा जुरुक्क उठ्छन् । अनि चलचित्रको टे«लर हेर्छन् । टे«लर हेरिसकेपछि बाबाजी भन्छन्, ‘यो ट्रेलर हेर्दा कास्टिङनै खतरा रैछ, मेरो स्टोरी जस्तै रैछ । एकपटक चलचित्र नहेर्नेहो भने लाइफ ड्यामेज हुनेछ ।’
अब बाबाजीको प्रचारले चलचित्र हेर्न दर्शकको भिड लाग्छ या लाग्दैन त्यो भने चलचित्र लागेपछि थाहा होला ।