साप्ताहिक संवाददाता
श्रावण ३०, २०७६
गाईजात्राको अवसर पारेर रेडियो कान्तिपुरले साताव्यापी गाईजाक्रा विशेष कार्यत्रम प्रसारण गरिरहेको छ । ‘गाईजात्रा–२०७६’ शीर्षक राखिएको ऊक्त कार्यत्रमको प्रसारण गत आइतबार नै सुरु भएको हो ।
आउँदो आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने यो कार्यक्रममा लोकप्रिय हास्य कलाकारहरू शैलेन्द्र सिम्खडा, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, सुरेन्द्र केसी, मनोज गजुरेल, पूर्ण थापा, यमन श्रेष्ठ, शिवशंकर रिजाल, रवि डंगोल आदिले विशेष प्रस्तुति दिइरहेका छन् ।
रेडियो कान्तिपुरले आफ्नो स्थापना कालदेखि नै यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।