साउन ३१ गते : गाईजात्रा । भदौ १ गते : भाद्र संक्रान्ति । भदौ ३ गते : बिरुडा पञ्चमी ।
मेष
विचार नगरी काममा संलग्न हुँदा अरूले लाभ उठाउनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण काममा सफलता हात पर्नेछ । राजनैतिक क्षेत्रमा आफ्नो वर्चस्व बढ्नेछ । पुराना साथीभाइसँगको भेटमा नौलो अवसरको जानकारी पाइनेछ । वर्षामा सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुहोला ।
वृष
अरूलाई सहजै आकर्षित गर्न सकिनेछ । मन पराउनेहरूबाट प्रेम प्रस्ताव प्राप्त हुन सक्छ, धैर्यपूर्वक निर्णय गर्नुहोला । महँगा तथा विलासिताका सामग्री बिना मोलतौल खरिद नगर्नु होला । साताको अन्त्यमा शैक्षिक क्षेत्रमा लगानी गर्ने वातावरण बन्न सक्छ ।
मिथुन
आफ्नो कमजोरीले साझेदारहरूबीच मनमुटाव सिर्जना गर्न सक्छ । प्रेमप्रस्ताव प्राप्त हुने सम्भावना छ । व्यवसायिक गोपनियता भंग भै धन आर्जनमा धक्का लाग्न सक्छ, सचेत रहनुहोला । हतारमा सवारी साधन चलाऊँदा दुर्घटना हुन सक्छ ।
कर्कट
मन मिल्ने व्यक्तिको जुत्ति–बुद्धिअनुरूप नयाँ व्यवसायको श्रीगणेश हुनसक्छ । व्यवसायिक याक्राका त्रममा विदेशीहरूसँग भलाकुसारी हुनेछ । साझेदारहरूबीचका सूचना गोप्य राख्नुपर्नेछ । यो साता पश्चिमतर्फको यात्रा फलिफाप देखिन्छ ।
सिंह
लामो समयदेखि रोकिएका काम पूरा हुनेछन् । नोकरीमा स्थानान्तरण तथा पदान्नतिको योग छ । कामका विभिन्न अवसर जुट्नेछन् । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । अरूको मुख नताकी निर्णय लिँदा थप अवसर हात लाग्नेछ । यात्रा गर्दा मौसमको ख्याल गर्नुहोला ।
कन्या
प्रेम जीवन सही मोडमा पुग्न धेरै समय कुर्नुपर्ने छैन । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । सरकारी क्षेत्रमा कार्यरत कर्मचारीहरूका निम्ति अनुकूल स्थानान्तरणको अवसर छ । कार्यक्षेत्रमा थप जिम्मेवारी प्राप्त हुनसक्छ ।
तुला
मन पराउने साथीलाई समय दिन धौ–धौ पर्ला । मित्रजनको सहयोगबाट व्यापार व्यवसायमा सफलता हात पर्नेछ । साथीभाइसँग मनोरञ्जनमा सहभागी हुदाँ खर्च बढ्ने सम्भावना छ । साताको अन्त्यमा झन्झटिलो कार्य बोझ थपिएला ।
वृश्चिक
समकक्षीहरूको सुझाव अनुसरण गर्दा मेहनत खेर जाने छैन । सामाजिक कार्यमा सहभागी हुँदा परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । सामान्य बाधा भए पनि जल एवं फलको सेवनले स्वास्थ्य अनुकूल बनाउन सकिनेछ । साताको अन्त्यमा सूर्यको आराधनाले समृद्धिको ढोका खोल्नेछ ।
धनु
सिर्जनाशील ऊर्जाले मान–सम्मान दिलाउन सक्छ । अरूको योगदानलाई बेवास्ता गर्दा आफ्नो समेत अवमूल्यन हुनेछ । नयाँ एवं रचनात्मक काम गर्ने उत्साह जाग्नेछ । पहिरनले अरूलाई आकर्षित तुल्याउनेछ । विपक्षीले डाहा गर्न सक्छन् । साताको अन्त्यतिर फजुल खर्चले सताउनेछ ।
मकर
ठूलाबडाबाट नौला कुरा सिक्ने अवसर जुट्नेछ । अध्ययनका क्रममा विदेशको योग जुर्नेछ । प्रशस्त आम्दानीसमेत हात लाग्नेछ । खराब आचरण हुनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउनुहोला । प्रेमसम्बध वैवाहिक सम्बन्धमा रूपान्तरित हुने सम्भावना छ ।
कुम्भ
परोपकारी कार्यमा संलग्न भइनेछ । ढिलो गरी थालिएका कार्यमा अपजसको सामना गर्नुपर्ला । गोपनियता भंग भै प्रतिष्ठामा दख्खल पुग्न सक्छ । आलस्यता तथा विलासिपनबाट टाढा रहनु नै उचित हुन्छ । आर्थिक विवादमा अभिभावकको सुझाव लाभदायक सावित हुनेछ । चिसोमा विशेष सावधानी अपनाउनुहोला ।
मीन
मान्यजनको भावनाको कदर गर्नाले वातावरण रमाइलो हुनेछ । जीवन साथीको सहयोगले कार्य क्षेत्रमा लगानी गर्न हौसला मिल्नेछ । धेरैले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । कतिपय क्षेत्रमा बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । परिस्थितिसँग सम्झौता गर्दा प्रसन्न रहन सकिनेछ ।