साप्ताहिक संवाददाता
गाईजात्रे समाचार
पत्रकार ऋषि धमलाले रिपोटर्स क्लब नेपालको अध्यक्षबाट राजीनामा दिएको विश्वस्त सूत्रले दाबी गरेको छ । पक्रकार धमलाले क्लबबाट मात्र राजीनामा दिएका होइनन्, सत्रिय पत्रकारिताबाट समेत संन्यास लिएको अर्को सूचना पनि प्राप्त भएको छ ।
आफूले विभिन्न रेडियो तथा टेलिभिजनमा सञ्चालन गरिरहेका कार्यक्रमहरूबाट समेत उनले बिदा लिएको बुझिएको छ । सञ्चारकर्मीका रूपमा प्रख्यात धमलाले अचानक पत्रकारिताबाट संन्यास लिएको खबरले सनसनी नै मच्चिएको छ ।
आखिर धमलाले पत्रकारिताबाट किन संन्यास लिए ? भन्दै कतिपय युट्युबरेले विभिन्न प्रकारका भिडियो निर्माण गरिरहेका छन् । यसबीच अर्को एउटा विश्वस्त सूत्रले जनाए अनुसार पत्रकार धमलालाई नेपाल सरकारले भारतका लागि नेपाली राजदूत नियुक्त गरेको छ । रेडियो कान्तिपुरका पत्रकार दिनेश डिसीका अनुसार भारतसँग अति नै निकटको सम्बन्ध भएका कारण उनलाई ओली सरकारले भारतका लागि नेपाली राजदूत नियुक्त गरेको हो ।