साप्ताहिक संवाददाता
श्रावण ३१, २०७६
सीताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तलीले हालै एउटा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । हालसम्म गोप्य राखिएको जानकारीअनुसार उनीहरूलाई वर्ष २०१९ मा समाजसेवातर्फको नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरिएको बुझिएको छ ।
वर्ष २०७२ को भूकम्पपछि विभिन्न स्थानमा एकीकृत बस्तीहरू बसाउँदै आएका धुर्मुस र सुन्तलीलाई उनीहरूले गरेको सामाजिक कार्यका लागि नोबेल शान्ति पुरस्कारका लागि छनोट गरिएको बताइन्छ । नोबेल एकेडेमीले यो कुराको घोषणा स्वीजरल्यान्डको जुरिचमा नेपालमा गाईजात्रा परेकै दिन गर्ने चलचित्र पत्रकार प्रदीप कार्कीले बताएका छन् ।