साप्ताहिक संवाददाता
केही साताअघि इन्डोनेसियाको बाली पुगेका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तथा उनका प्रेमि देवांश राणाको ब्रेकअप भएको खबर प्राप्त भएको छ । समुद्री किनारमा साम्राज्ञीले बिकिनी लगाएर फोटो सेसन गर्ने क्रममा देवांशुले उनलाई अँगालोमा बाँधेर चुम्बन गर्न थाले । त्यसक्रममा उनीहरूले बालुवामा मन खोलेर रमाइलो गरे ।
रमाइलोकै क्रममा देवांशुले साम्राज्ञीलाई बालुवाले हिर्काइरहेका थिए । त्यही बेला साम्राज्ञीको आँखामा बालुवा पर्न गयो । आँखामा बालुवा परेपछि साम्राज्ञी आफ्ना प्रेमीसँग नराम्रोसँग रिसाइन् । रिसकै झोकमा उनले देवांशुलाई ब्रेकअप दिएको निर्णय समेत सुनाइन् । साम्राज्ञीको रिस त्यतिमै रोकिएन, उनले देवांशुलाई फेसबुकमा पहिले त अनफ्रेन्ड गरेकी थिइन्, पछि ब्लक नै गरिदिइन् भने इन्स्टाग्राममा समेत अनफलो गरिन् ।
कतिसम्म भने दुबैले एउटै प्लेनको रिटर्न टिकट काटेका थिए । साम्राज्ञीले देवांशुको अनुहार नै नहेर्ने निर्णय गरेका कारण उनले देवांशुले यात्रा गर्ने विमानको टिकट नै क्यान्सिल गर्दै अर्कै बिमानबाट काठमाडौं अवतरण गरिन् । काठमाडौंबाट बाली प्रस्थान गर्दा हाँसीखुसी गएको उक्त जोडी फर्किंदा अलग–अलग विमानबाठ आएको देखेपछि युट्युबरेहरूसमेत जिल्ल परेका थिए ।