साप्ताहिक संवाददाता
चलचित्र निर्माता छवि ओझा तथा अभिनेत्री शिल्पा पोखरेलबीचको विवादले फेरि अर्को सनसनीपूर्ण युटर्न लिएको छ । आफूहरूका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका सम्बन्ध–विच्छेदका तमाम प्रसंग कपोलकल्पित, भ्रामक तथा तथ्यहीन भएको दावी गर्दै निर्माता ओझाले शिल्पासँग आफ्नो सम्बन्ध निकै प्रेमपूर्ण र सुमधुर रहेको दाबी गरेका छन् । यता अभिनेत्री शिल्पा पोखरेलले पनि श्रीमान् छवि ओझा आफ्ना लागि पार्वतीकी शिव तथा सिताकी राम बराबर भएको बताएकी छिन् ।
यससँगै शिल्पा सिनामंगलस्थित दाजु–भाउजू विकास–सम्झना रौनियारको फ्ल्याट छोडेर छविको घरमा सरेको युवा पत्रकार अनुप भट्टराईले जानकारी दिएका छन् । आश्चर्यको कुरा त के छ भने छविको घरमा उनकी जेठी श्रीमती पनि देखिएकी छिन् । यसअघि पारपाचुकेसम्म पुगेका छवि र शिल्पाविरुद्ध छविकी जेठी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो ।