साप्ताहिक संवाददाता
लबर ब्वाइ छवि भएका चकलेटी नायक आर्यन सिग्देलले पहिलो सन्तानको जन्मपछि अब प्रत्येक वर्ष एक–एकवटा सन्तान जन्माएर नेपाली चलचित्र उद्योगमा कलाकारहरूको लाइन नै लगाइदिने कुरा बताएका छन् ।
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ तथा अभिनेता सौगात मल्लले अघिल्लो फागुनमै विवाह गरेको रहस्योद्घाटन ।
नवनायिका सुहाना थापाद्वारा आफूलाई बिनापारिश्रमिक फिल्म खेलाएर आर्थिक शोषण गरेको भन्दै बाबु–आमा निर्माता–निर्देशकविरुद्ध प्रहरीमा उजुरी ।
नायिका स्वस्तिमा खड्काले आमा बन्नका लागि पाँच वर्ष सक्रिय अभिनयबाट अवकाश लिन लागेको निर्देशक पति निश्चलको दाबी ।
दीपकराज गिरीद्वारा दीपाश्री निरौलालाई तीजको दर खान सिनामंगलस्थित थकाली भान्सामा विशेष आमन्त्रण ।
गीत चोरीको आरोप लागेका संगीतकर्मी शम्भुजित बाँस्कोटा, प्रकाश सपूतदेखि कालीप्रसाद बाँस्कोटासम्म संगीत चोर्न पाउनु नैसर्गिक मौलिक अधिकार हो भन्दै संगठित ।
मुन्द्रेका रूपमा अभिनय गर्ने कलाकार जितु नेपाल श्रीमतीप्रति हदभन्दा बढी बफादार भएको भन्दै प्रहरीद्वारा गिरफ्तार ।