गाईजात्रा सामान्यतः नेवार समुदायले मृतकको सम्झनामा झाँकी निकालेर मनाउँछन् । पितृको सम्झनामा गाईजात्रा मनाइए पनि हास्यव्यंग्य क्षेक्रमा सत्रिय कलाकार, कवि एवं संगीतकर्मीहरू भने यसलाई विशेष उत्सवका रूपमा मनाउँछन् । उनीहरू प्रहसन, कविता, प्यारोडी गीतसँगै नेताको क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्छन् ।
कुनै समय नयाँ बानेश्वरस्थित तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठान तथा भृकुटीमण्डपको राष्ट्रिय सभा गृहमा एक महिनासम्म नै ‘गाईजाक्रा कार्यत्रम’ गरेर दर्शक हँसाउने कलाकारहरू यस्ता कार्यक्रमबाट राम्रो आम्दानीसमेत गर्थे । त्यसबाहेक केही कवि, कलाकार भने आत्मसन्तुष्टिसँगै कमै मात्र भए पनि आर्थिक आम्दानीका लागि हास्यव्यंग्य विधामा सक्रिय छन् ।
विद्यालय उमेरदेखि नै कविता लेख्न थालेका लक्ष्मण गाम्नागेको कविता लेखन हालसम्म पनि रोकिएको छैन । कक्षा ९–१० पढ्ताका कविता लेख्न थालेका लक्ष्मणले कलेज पढ्दा साहित्यिक तथा हास्यव्यंग्य पत्रिकामा कविता प्रकाशन गर्न थाले ।
उनकै पहलमा सिस्नुपानी नेपाल स्थापना भएपछि भने गाम्नागेको कविता लेखनमा केही व्यवसायिकता आउन थाल्यो । ‘२०५५ सालमा सिस्नुपानी नेपाल स्थापना गरेपछि मात्र कविता लेखनमा व्यवसायिक रूपमा लागियो । व्यवसायिक भन्दा अरूजस्तो धेरै पैसा कमाउने पनि हुँदैन, तर सन्तुष्टि भने केही न केही दिन्छ’, गाम्नागे भन्छन्, ‘म खाली हात चाहिँ बस्दिनँ । केही न केही लेखिरहेकै हुन्छु । हामीले लेखेका हास्यव्यंग्य कविताहरू ताक्तातै बजारमा जाँदैनन् । सामाजिक, सांस्कृतिक तथा साहित्यिक कार्यत्रमहरूमा वाचन गरिन्छ ।’
लक्ष्मणकै अग्रसरतामा सिस्नुपानी नेपालले खाडी मुलुकका सात देश र अमेरिकामा हास्यव्यंग्य कविताको कार्यक्रम गरिसकेको छ । ‘कविताकै कारण ती देश घुमेर आइयो ।
हामीलाई प्रायोजन गर्नुहुने एयरलाइन्स एवं संघसंस्थाहरूको सहयोगबाट ती देश घुमियो । खल्तीको पैसा खर्च गर्नु परेन’, उनी भन्छन्, ‘नेपालमा व्यवसायिक रूपमा नै हास्यव्यंग्य कविता, गजल लेख्न सम्भव छ । यद्यपि यसलाई व्यवसायिक बनाउन लेखकसँग क्षमता हुनुपर्छ । कतिपय लेखक–कवि यसैलाई व्यवसाय बनाएर हिँडिरहेका छन् ।’ लक्ष्मण वर्षमा एक–दुईवटा मात्र कविता लेख्छन् । उनले हालसम्म झन्डै ८० वटा कविता लेखिसकेका छन् । गाईजात्रामा व्यंग्यात्मक कविताबाहेक प्यारोडीको चर्चा पनि उत्तिकै हुन्छ ।
एक समय हास्य टेलिशृंखला ‘तितो सत्य’मा अभिनय गरेर चर्चामा आएका कलाकार कमल गाउँलेले यसपटकको गाइजात्राका लागि १९ औं संस्करणको ‘म पनि नेता बन्छु मेरी स्वास्नी’ र ‘कम्युनिस्टको सरकारले रेल गुडाउने रे’ प्यारोडी गीत ल्याएका छन् । ‘बोलिरहँदा दर्शक श्रोतालाई पट्यार लाग्ने भएकाले प्यारोडी गीत ल्याएको हुँ । अर्को २० मिनेटको संवादयुक्त प्यारोडी पनि तयार पारेको छु’, कमल गाउँले नामक युट्युब च्यानलबाट गीत बजारमा ल्याएका कमल भन्छन्, ‘प्यारोडी गीतकै कारण युट्युब चलाएको तीन हप्तामै मोन्टाइज भयो । लगानी गरेपछि त्यसको प्रतिफलको आशा त हुन्छ नै । त्यसकारण अहिले युट्युबबाट केही पैसा आउला भन्ने आश हो । त्यो हाम्रा लागि दर्शकले दिएको माया पनि हो ।’
२०५७ सालदेखि कलाकारितामा सक्रिय कमलले केही समय अघि निकालेको ‘७७ जिल्ला ७ प्रदेश’ले सामाजिक सन्जालमा राम्रो चर्चा पाएको थियो । समूहमा प्यारोडी गीत निकाल्दा केही कुरा नमिल्ने जस्तो देखिएकाले उनले अहिलेसम्म सोलो रूपमै प्यारोडी तयार पार्दै आएका छन् ।
१७ वर्षदेखि प्रत्येक गाइजात्रामा प्यारोडी गीत निकाल्दै आएका कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ यसपटक ‘काण्डै काण्डको सरकार’ शीर्षकको प्यारोडी तयार पारेका छन् । उनी यो गीत यसपटक सातै प्रदेशमा हुने गाईजाक्रा विशेष कार्यत्रममा सुनाउँदैछन् । ‘अघिल्लो वर्षको तुलनामा यसपटक प्यारोडीको मात्रा घटेको छ । यसपटक गाईजाक्रा विशेष कार्यत्रम नभएकाले पनि यसको क्रेज देखिएन । १७ वर्षदेखि प्यारोडी निकाल्दै आएकाले यसपटक पनि मैले आफूलाई रोक्न सकिनँ’, रिजाल भन्छन्, ‘मैले यसपटक गोर्खा भिजन चौतारी नामको युट्युब च्यानलबाट गीत बाहिर ल्याएको छु ।
गीतमा बालुवाटार जग्गा घटना, खुल्लामञ्च जग्गा प्रकरण, जुटमिल, ३३ किलो सुन, वृद्धभत्ता आदि काण्डलाई समेटेर २२ मिनेटको गीत बनाएको छु । व्यवसायिक रूपमा फाइदा भन्दा पनि आत्मसन्तुष्टिका लागि काम गरिरहेको छु ।’
हास्यव्यंग्य साहित्यकार तथा कवि चट्याङ मास्टर आत्मसन्तुष्टिका लागि भए पनि हास्यव्यंग्य कविता लेख्नुपरेको बताउँछन् । ‘स्टेजमा गएर अभिनय गरेर, प्रहसन देखाएर दर्शक हँसाएर पैसा कमाएजस्तो अवस्था कविको छैन । केहीले कमाए होलान् ।
अहिले सिस्नुपानी नेपालले मात्र समूहमार्फत स्वदेश तथा विदेशमा यस्तो कार्यक्रम गर्दै आएको छ’, सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष मास्टर भन्छन्, ‘संग्रहकै रूपमा किताब छापेर त्यसलाई बेचेर पैसा कमाउला भन्ने अवस्था पनि छैन । किनभने कोर्सका बाहेक अन्य किताब पनि बिक्न छाडे । त्यसकारण अहिलेको लेखन भनेको केवल आत्मसन्तुष्टिका लागि मात्र हो ।’
हास्यव्यंग्य साहित्य तथा प्यारोडी गीत पनि दर्शक हसाउने माध्यम नै हुन् । दर्शकको चासो यसमा भन्दा पनि बढी प्रहसनमा देखिन्छ । त्यसकारण पनि यी विधामा लाग्ने कलाकार एवं साहित्यकारहरूको तुलनामा प्रहसन गर्न रुचाउन कलाकारहरूको व्यवसायिक बजार राम्रो छ ।