साप्ताहिक संवाददाता
सुरज खड्गी, कमेडी सर्कल
फेसबुक बन्द भयो भने के गर्नुहुन्छ ?
इन्स्टाग्राम चलाउँछु ।
कसैले तपाईंको फेसबुक ह्याक गर्यो भने के होला ?
ह्याक गर्ने महापुरुष वा महामहिला खोजेर पुरस्कार दिन्छु ।
ट्विटरमा तपाईंलाई क्याट्रिना कैफले फलो गरिन् भने ?
सलमान खानलाई स्क्रिन सट पठाउँछु ।
स्टेजमा चढेपछि पाइन्टको जिपर खुल्लै भएको थाहा भयो भने ?
पछाडि फर्कन्छु कि थुचुक्कै बस्छु ।
प्रेमिकाले अचानक दाइ भनेर सम्बोधन गर्न थालिन् भने ?
सजिलैसँग बहिनी भनिदिन्छु ।
दसैंमा खसी उपहार दिनेलाई तपाईं के दिनुहुन्छ ?
बोका उपहार दिन्छु ।
तपाईंको मोबाइल नम्बर अचानक परिवर्तन भयो रे, अब के गर्नुहुन्छ ?
मेरो ओर्जिनल नम्बरबाट फोन गरेर प्य्रांक गर्थें ।
घर जाने बाटो नै बिर्सिनुभयो भने के होला ?
ससुराली जान्छु ।
कसैले पानीमा रक्सी मिसाएर ख्वाइदिए ?
पानीको ककटेल भनेर रमाउँथें ।
शोरुमको डमीले तपाईंसँग कुराकानी गर्न थाले के गर्नुहुन्छ ?
केटा डमी भए भाग्छु, केटी डमी भए डेट जान्छु ।