साप्ताहिक संवाददाता
गीतकार डा. डीआर उपाध्याय नयाँ गीतका साथमा पुनः बजारमा आएका छन् । उनले पछिल्लो पटक सार्वजनिक गरेको गीतमा बैमानी नजर नलगाउन आग्रह गरिएको छ । ‘नलाऊ नजर बैमानी’ बोलको सार्वजनिक गीतमा गायक योगेशकाजी र गायिका श्रृंखला जोशीले स्वर दिएका छन् । गीतमा सागर अधिकारी ‘शरद’ले संगीत गरेका हुन् ।
सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहालले जोडीका रुपमा अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको म्यूजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
गीतकार डा. डी. आर उपाध्यायको पछिल्लो समय निक्कै चर्चा छ । निरन्तर रुपमा गीत/संगीत सार्वजनिक गरिरहेका उपाध्ययले पछिल्ला २ हप्तामा २ अवार्ड आफ्नो पोल्टामा पारिसकेका छन् । त्यसो त गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीतकार’ पुरस्कार पनि यो वर्ष गीतकार उपाध्यायलाईनै प्रदान गरिएको थियो ।
‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।
गीतको भिडियो :