साप्ताहिक संवाददाता
सञ्जु कटवाल, कमेडी सर्कल
महिलाहरू तालुखुइले भए सिन्दूर कहाँ लगाउलान् ?
टुप्पीमा ।
झूटो बोलेको समात्ने मेसिनको आविष्कार भयो भने ?
सबैभन्दा पहिले त मलाई नै समात्ला ।
तपाईंकी बहिनी तपाईंको ब्वाइफ्रेन्डसँग भागिन् भने के गर्नुहुन्छ ?
ज्वाईं भन्छु ।
बिहान उठ्दा आफू गर्भवती भएको थाहा पाउनुभयो भने के गर्नुहुन्छ ?
पहिले आमालाई भन्छु, त्यसपछि हस्पिटल गएर चेक गराउँछु ।
एउटा मानिस कसरी आठ दिनसम्म अनिदो रहन सक्छ ?
आफ्नो प्रेमी–प्रेमिकासँग गफ गरेर ।
माया र मधुमेहमा के समानता छ ?
दुवै गुलियोका कारण हुने रोग हुन् ।
अमेरिकामा त्यस्तो के जन्मिन्छ जो अमेरिका अन्त कहिँ जन्मिदैन ?
अमेरिकनको बच्चा ।
तीजमा नाच्दानाच्दै अचानक साडी खुस्कियो भने ?
पेटीकोट त लगाइरहेकै हुन्छु नि, त्यसैले अझै नाच्छु ।
तपाईंको विचारमा टमाटर फल हो कि तरकारी ?
फल पनि होइन तरकारी पनि होइन त्यो गोलभेंडा हो ।
एउटा लामखुट्टे तपाईंको ब्वाइफ्रेन्डको गालामा आएर बस्यो भने ?
पट्काइदिन्छु, अरु बेलाको रिस पनि मर्छ ।