साप्ताहिक संवाददाता
सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।
छविराज ओझाकी पुर्व पत्नी हेमाले बहुविवाहसम्बन्धी उजुरी दिएपछि काठमाण्डौं जिल्ला अदालतले छवि र शिल्पालाई पक्राउ पुर्जी जारी गरेको थियो । उक्त विषय उच्च अदालत हुँदै सर्वोच्चमा गएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।
आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेजको माग राख्दै अभिनेत्री शिल्पा उच्च अदालत पाटन गएकी थिइन् । पाटनले पक्राउ पूर्जी रोक्न अस्वीकार गरेको थियो । त्यसपछि शिल्पा सर्वोच्च गएकी थिइन् ।
सर्वोच्चले आगामी भदौ १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
शिल्पा र छविको विषयले झण्डैं २ महिनादेखि मिडिया तातिरहेको छ । छवि र शिल्पालाई मिलाउन उनिहरु निकट व्यक्तीहरु लागेपनि सम्भव हुन सकेन । त्यसपछि डिभोर्सको प्रक्रियामा शिल्पा लागेकी हुन् । शिल्पाले डिभोर्स मागेपनि छवि भने भागिरहेका थिए । पछि पक्राउ पुर्जी जारी भएपछि उनिहरु दुवैजना वेपत्ता भएका थिए ।