साप्ताहिक संवाददाता
सरोज भण्डारी, नेप–ग्याजम ग्रुप
आफ्नी प्रेमिकालाई भाउजू भन्नुपर्यो भने के होला ?
त्यो त प्याटर्न नै परिवर्तन हुन्छ । उसलाई त केही भन्दिनँ तर उसका सन्तानलाई चाहिँ भतिजा–भतिजी भन्छु ।
बाटोमा हिँड्दा कुनै युवतीको फस्नर खुल्ला देखियो भने ?
देखे पनि नदेखेझैं गर्छु ।
छोकरी राम्री कि नोकरी ?
नोकरी भएर छोकरी भएको राम्रो । छोकरी मात्र भएर हुँदैन नि ।
आफूमा बाँदरको चरित्र रोज्दा ?
बाँदरको चरित्र पाएँ भने रूख चढ्ने चरित्र रोज्छु। जसले गर्दा पूर्वप्रेमिकाको घरको झ्यालमा गएर उनीहरू के गरिरहेका छन्, नियाल्न पाउँछु ।
महिलाको अनुहारमा दाह्री–जुँगा आए कस्तो देखिन्थ्यो ?
उनीहरू पुरुषजस्तै देखिएलान् । उनीहरूको अनुहारमा दाह्री जुँगा आए मेकअपको पैसा जोगिन्थ्यो, जसले गर्दा पुरुषहरू पनि खुसी हुन्थे ।
महिलाको कुन पहिरन लगाउन चाहनुहुन्छ ?
महिलाको लगाउने पहिरन त के होला र खै ? तैपनि वानपिसचाहिँ लगाउँथे ।
दरमा दारु मिसाएर खाँदा कसो होला ?
रमाइलो हुन्छ नि । तीजमा महिलालाई दर, हामीलाई दारु । दरसँगै पकाइने सितन हाम्रा लागि दारुको आइटम हुन्छ ।
पुरुषको दार्ही नारीलाई किन भारी ?
घोचेर होला कि ?
जनावर भएर जन्मनुपरे कुन जनावर रोज्नुहुन्छ ?
म हात्ती रोज्छु । किनभने हात्ती ठूलो र बलवान् हुन्छ ।
सुहागरातमा तपाईंकी दुलही बेपत्ता भएको पाउनुभयो भने ?
भोलिपल्टै अर्की खोजेर बिहे गर्थें, किनभने बूढी भागेर गै भनेर रोएर बसेर हुँदैन ।