साप्ताहिक संवाददाता
उमेश गौतम ’यूकेजी’, नेप–ग्याजम ग्रुप
बिहान उठेर ऐना हेर्दा आफूलाई महिलाको रूपमा पाउनुभयो भने के होला ?
म त आश्चर्यमै पर्छु नि ।
कमेडी गर्ने क्रममा एक्कासि महिलाको स्वर आए के गर्नुहुन्छ ?
त्यो एउटा क्यारेक्टर नै हो भनेर आफूलाई सम्झाउँछु ।
महिलाको कुन उत्ताउलो कुराले तपाईंलाई आकर्षित गर्छ ?
उत्ताउलो कुरा भन्दा पनि महिलाको चरित्रले नै मलाई आकर्षित गर्छ ।
तपाईंलाई भगवानले एक दिनका लागि महिला बनाइदिए भने ?
अप्ठ्यारो प्रश्न आयो । सम्भवतः एउटा बच्चा जन्माउँछु ।
महिलाको एउटा गुण तपाईंलाई दिइयो भने कुन गुण लिनुहुन्छ ?
म महिलाको काम गर्ने शैलीबाट प्रभावित छु । त्यसकारण धेरै काम गर्न सक्ने बानी लिन्छु ।
कमेडियनलाई किन छाडा भनिएको होला ?
त्यो मानिसहरूको नजरमा भर पर्छ । किनभने सबै कमेडियन छाडा हुँदैनन् ।
कसैको क्यारिकेचर गर्दा गाली खाएको क्षण छ ?
अहिलेसम्म त्यस्तो गाली खाएको त छैन, बरु दर्शक–श्रोताहरूले इन्जोय गर्नुभएको छ ।
घरमा आमाबुबाले छोरी भनेर बोलाउँदा कस्तो अनुभव हुन्छ ?
हाम्रो घरमा छोरी छैनन्, त्यसैले मलाई रमाइलै लाग्छ ।
पाका अभिनेत्रीसँग डेटको अफर आयो भने कोसँग जानुहुन्छ ?
त्यस्तो डेट जाने राम्रो अनुहारकी अभिनेत्री देखेको छैन ।
विद्यालयमा शिक्षकले प्रजनन स्वास्थ्य पढाउँदा कस्तो लाग्थ्यो ?
मलाई त लाज लाग्थ्यो ।