साप्ताहिक संवाददाता
योजना थापामगर, कमेडी टुकटुक
आफूले गरेको कुनै क्रेजी काम ?
सानोमा फलफुल चोरेकी थिएँ ।
जीवनभर एउटा मात्र खानेकुरा खानुपरे के खानुहुन्थ्यो ?
म फुजी स्याउ मात्र खान्थे ।
तपाईंले गर्दै नगरेको कामको ट्रोल बन्यो भने ?
असाध्यै खुसी हुन्थें, म फेमस भएँ भनेर ।
अघोरी बाबाले प्रेम प्रस्ताव राखे के गर्नुहुन्छ ?
प्रस्ताव स्वीकार गर्दै डेटमा जान्थे ।
आकाशबाट पानीको साटो ढुंगा बर्सिन थाल्यो भने ?
ती सबै ढुंगा जम्मा गरेर क्रसर उद्योगलाई बेच्थें ।
कसैले गिफ्टमा साइकल दिए ?
साइकल चलाउन सिक्थें । के गर्नु, आउँदैन ।
हिंडिँरहेका बेला कागले बिस्ट्याए ?
कागलाई मैले बिस्ट्याउन नमिल्ने । घर गएर नुहाइधुहाइ गर्थें ।
पर्समा बोकेको पैसा कागजको खोस्टा भएको पाउनुभयो भने के गर्नुहुन्थ्यो ?
रुन्थें, पैसा न पर्यो ।
काली भए पनि राम्री छन्, आँखा तिनका जीउभरि छन् के होला ?
आँखीझ्याल हुनुपर्छ ।
तपाईंलाई एक हप्तासम्म कपाल कोर्ने वा दाँत माझ्नेमध्ये एउटा मात्र काम गर्न दिइयो भने के गर्नुहुन्थ्यो ?
दाँत नै माझ्थे । कपाल त बरु नकोरे पनि केही हुँदैन । दाँतमा त समस्या आउँछ ।