साप्ताहिक संवाददाता
ओपोले साङ्घाईमा आयोजित चाइनाजोइ गेमिङ एक्स्पोमार्फत दुईवटा नयाँ प्रविधि गेम कलर प्लस तथा डुअल वाइफाई सार्वजनिक गरेको छ । तीमध्ये गेमकलर प्लसले अति यथार्थवादी इमेजिङ प्रस्तुत गर्छ भने डुअल वाइफाई प्रविधिले नेटवर्कको गतिलाई तीव्र बनाउन सघाउँछ । यी दुवै प्रविधिको उद्देश्य गेमिङ इमेजको गुणस्तरमा जीवन्तता, इन्टरनेटको गति तथा नेटवर्कबीच रोकावटरहित स्विट्चिङमार्फत प्रयोगकर्ताको गेमिङ अनुभवमा अनुकूलन ल्याउनु हो ।
डुअल वाइफाई प्रविधि
ओपोले कलर ओएस–६ प्रयोग हुने स्मार्टफोनका लागि नयाँ डुअल वाइफाई प्रविधिसमेत सार्वजनिक गरेको छ । यसमा समाहित नयाँ फिचरले उपकरणलाई एकसाथ दुई भिन्न सञ्जालसँग सम्पर्क स्थापित गर्नुका साथै स्वतन्त्र रूपमा डाटा प्रेषित तथा प्राप्त गर्न, समग्र कनेक्सन गति समायोजन तथा मोबाइल भिडियो तथा गेम मार्फत प्रयोगकर्ताको अनुभव अनुकूलन गर्न सघाउँछ ।