साप्ताहिक संवाददाता
आयुष श्रेष्ठ, कमेडी टुकटुक
स्टेजमा अकस्मात कमेडी गर्न बिर्सनुभयो भने के होला ?
धेरै पटक त्यस्तो भएको छ । त्यतिबेला म बोलिरहन्छु, तर अरूलाई थाहा हुन दिन्न ।
दर्शकले तपाईंलाई नै कमेडी बनाए भने ?
माइक्रोफोन दर्शकलाई दिन्छु । मचाहिँ पछाडि गएर बस्छु ।
कसैले तपाईंको गोप्य कुरा थाहा पाए ?
त्यो कुरा अरूलाई थाहा हुनुभन्दा पहिले नै आफैंले सबैलाई थाहा दिन्छु ।
नेपालीबाहेक अरू जान्दै नजानेको भाषा बोल्नुपरे ?
नजान्ने मानिसहरूसँग मात्र बोल्छु जसले गर्दा उनीहरूलाई के बोल्यो थाहै हुँदैन ।
डरलाग्दो बाटोमा राति एक्लै हिँड्नुपरे ?
हनुमान चालिसा जप्दै हिँड्छु ।
एक अँधेरी साथी मेरी, गर्छिन् पिछा केही नटेरी के होला ?
छायाँ हो कि ?
दूधको साक्षी बिरालो हो भने मःमको साक्षी के होला ?
मःम खाने मान्छे हुनुपर्छ ।
तपाईंको जीवनमा घटेको कुनै लाजलाग्दो क्षण ?
कक्षा ८ मा पढ्दा क्लासमा सबैका अघि झापड खाएको छु ।
तपाईंलाई एक दिनका लागि कुनै एउटा नियम बनाउन दिइयो भने कस्तो नियम बनाउनुहुन्थ्यो ?
मन परेको मान्छेलाई आफ्नो बनाउन पाउने नियम बनाउँथे ।
अचानक फेसबुक बन्द भए ?
इन्स्टाग्राम चलाउँथें ।