साप्ताहिक संवाददाता
आदर्श मिश्र, मिम नेपाल
बिहान उठ्दा जेन्डर परिवर्तन भए ?
सुरुमा नाम परिवर्तन गर्थें ।
गर्लफेन्डसँग डेट जाँदा उनका बुवाले देखे ?
खासै केही गर्थिनँ । नेपालको डेटिङ सामान्य किसिमकै हुन्छ । देखे पनि फरक पर्दैनथ्यो ।
रातारात बूढो हुनुभयो भने के होला ?
घरमा काम अराएर बस्थें । बूढो मान्छेले केही नगर्ने हुँदा देशमा काम बिगार्नेहरूलाई गाली गर्थे ।
बाटोमा बाघसँग जम्काभेट भए ?
आँखा चिम्लिएर कुलेलम ठोक्थें ।
पुरस्कारमा आफूभन्दा ठूलो एवार्ड पाउनुभयो भने ?
गाडी बोलाएर घर लान्थें ।
कसैले तपाईंलाई ब्लाकमेल गरे के गर्नुहुन्छ ?
केश हेरेर डिल गर्छु ।
रुँदा आँसु नै आएन भने ?
मेरो आँसु अरू बेला पनि आउँदैन, त्यसैले केही गर्नै पर्दैन ।
आफ्नो गोप्य तस्बिर सार्वजनिक भए ?
फोटोसप हो भनेर जिद्दी गर्थें ।
मिम नेपाल बन्द भए ?
अर्को पेज खोल्छु ।
सरकारले देशमा कमेडी गर्ने काम प्रधानमन्त्रीको मात्र हो भन्दै अरूको कमेडीमा रोक लगायो रे नी त ?
त्यसो हो भने हामीले त देश नै छोडे भयो ।