साप्ताहिक संवाददाता
यसै साताबाट रिलिज हुने चलचित्र ‘जाइरा’ यतिबेला प्रचारमा छ । चलचित्र प्रचारका लागि चलचित्र यूनिट देशका विभिन्न शहरमा सहभागी भैरहेका छन् । यसैक्रममा इटहरी पुगेको चलचित्र यूनिटलाई परम्परागत शैलीमा स्वागत गरिएको छ ।
इटहरीका स्थानिय युवाहरुको सक्रियतामा लाखे जुलुस निकालेर चलचित्र ‘जाइरा’ टीमलाई स्वागत तथा बजार परिक्रमा गराईएको थियो । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलीजको संघारमा प्रस्तुत गरिएको थियो ।
चलचित्र प्रचारका लागि चलचित्रका शिर्ष कलाकार अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगर लगायत देश दौडाहामा निस्किएका छन् ।
मोफसल प्रचारको क्रममा नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले चलचित्र केहि अनौठो लाग्न सक्ने बताउँदै चलचित्र राम्रो बनेको खण्डकाले सफल हुनेमा बिश्वस्त देखिइन् ।