साप्ताहिक संवाददाता
भारतीय चलचित्र उद्योगका महानायक अमिताभ बच्चनले आफ्नो कलेजो ७५ प्रतिशत खराब भैसकेको बताएका छन् । यस विषयको रहस्य अमिताभले आफैले गरेका हुन् । एक कार्यक्रममा उपस्थित भएका महानायक बच्चनले उक्त अवसरमा मानिसहरुले आफ्नो स्वास्थ्यको नियमित जाँच गराउन समेत आग्रह गरे ।
स्वास्थ्य मन्त्री जेपी नड्डा, महाराष्ट्रका स्वास्थ्यमन्त्री डा. दीपक सावंत, युनिसेफका भारतका लुइस आर्सेनाल्टलगायत विभिन्न व्यक्ती उपस्थित उक्त कार्यक्रममा उपस्थितलाई उनले भने, ‘मेरो कलेजोको ७५ प्रतिशत काम नलाग्ने भएको छ । बाँकी २५ प्रतिशत कलेजोका कारण बाँचिरहेको छु ।’ उनले आफुलाई क्षयरोगको समेत समस्या रहेको समत खुलाए ।
हेप बीले बिस्तारै कलेजोलाई हानी गर्छ भने १५ देखि १८ बर्षपछि लिभर ड्यामेज हुने बताइन्छ । यसका कारण पेटमा विभिन्न खालका समस्या, थकान, ज्वरो र छाला तथा आँखा पहेलो हुन्छ ।
७६ बर्षको उमेरमा पनि फिट तथा फाइन देखिने उनी अहिले पनि चलचित्र अभिनयमा व्यस्त छन् । उनि अहिले उनि अहिले ‘कौन बनेका करोडपती’ को सिजन ११ का लागी व्यस्त छन् । यो कार्यक्रम सोमवार रातीदेखि सोनी च्यानलमा सुरु भएको छ ।
सकारात्मक सोच र नियमित व्यायाम तथा योगाका कारण अमिताभ सधै फिट देखिने गरेका छन् । उनि कहिलेकाहि स्वास्थ्य अवस्थाका विग्रिएका कारण नियमित रुपमा फ्यानहरुसँग भेट हुने स्थान जल्सामा समेत अनुपस्थित हुने गरेका छन् । यद्यपी आफु भेट हुन नपाएको खण्डमा उनले ट्विटर तथा फेसवुकबाट जानकारी गराउने गरेका छन् ।