हङकङ साहित्यिक साझा श्रृंखलाको संयोजकमा सुनिता गिरी चयन भएकी छिन् । श्रृंखलाको आठौं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सुनितासँगै दिपेन्द्र राई सहसयोंजकमा चयन भएका हुन् ।
श्रृंखलाका निवर्तमान संयोजक डिबी पालुङ्वा र संस्कृतिविद् अतित मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली भाषा र साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
नेपाली भाषा तथा साहित्य सेवा पुरस्कारतर्फ अतित मुखिया, श्रृष्टा तथा श्रृजना पुरस्कारतर्फ सुनिता गिरी (माईतजाने बाटो), दाजु गुरुङ् (टाँकीका फुलहरु), साहित्य तथा चित्रकारिता पुरस्कार दिपेन्द्र राई, नवप्रतिभा पुरस्कार ईक्सा लिम्बु, जस्मिना दुरालाई नगदसहित ताम्रपत्रले सम्मान गरियो ।
साहित्यकार भावेश भुमरी, नेपाली भाषा तथा साहित्य परिषद हङकङका अध्यक्ष किसन राई, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे, विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन, एनआरएनए अध्यक्ष टिका गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उल्लेखय उपस्थिती रहेको कार्यक्रममा साहित्यकारहरुले आआफ्नो रचना वाचन गरेका थिए ।
साहित्यिक साझा श्रृखलाले बिगत ८ बर्षदेखि निरन्तर हरेक महिनाको अन्तिम आईतबार हङकङेली श्रर्जकहरुलाई भेला गराई श्रृजना वाचन, पुस्तक समिक्षाका साथै नेपाली भाषा, वाङ्मयका बारेमा विचार आदनप्रदान लगायतका कार्यक्रमहरु गरिरहेको छ ।