साप्ताहिक संवाददाता
प्रदर्शनरत चलचित्र ‘हजार जुनीसम्म’ मा आर्यन सिग्देलले अन्य चलचित्रमा भन्दा भिन्न किसिमले अभिनय क्षमता देखाएपछि आर्यनको चर्चा अहिले फेरी बढेको छ । उनि यो चलचित्रमा दुई गेटअपमा देखिएका छन् । उनै अभिनेता सिग्देलको अर्को चलचित्र ‘च च हुई’ आगामी मङ्सिर ६ गते प्रदर्शन हुँदैछ ।
सोहि चलचित्रका केहि तस्विर आज सार्वजनिक गरिएको छ । निर्माण टिमले आज मंगलवार सार्वजनिक गरेका तस्विरहरुमा आर्यनसंगै उनको को–स्टार मिरुना मगर र भोलाराज सापकोटालाई देख्न सकिन्छ । तस्विर हेरिसकेपछि यो चलचित्रमा आर्यन र मिरुनाको जोडी राम्रै जमेको अनुमान लगाउन खासै गाह्रो पर्दैन ।
सिल्की सिल्की बाल’ बोलको गीत छायाँकनको बेला खिचिएका तस्विर मुस्ताङ र चुसाङमा खिचिएको हो । तस्वीरमा आर्यन र मिरुनाको केमेस्ट्रि गज्जबको देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको उक्त गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । निर्माण टिमले यो गीत केहि दिनमै सार्वजनिक गर्ने तयारीमा छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर सुन्न सकिनेछ ।
एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको चलचित्रमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् । चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।
चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।