साप्ताहिक संवाददाता
भाद्र ४, २०७६
गायक लंक बहादुर नयाँ गीतको भिडियो सहित बजारमा आएका छन् । ‘कसो गरी बेलाउ’बोलको गीत सहित बजारमा आएका गायक लंक बहादुरले यस अघि ‘म उडछु आकाशमा’ बोलको गीत सार्वजनिक गरेका थिए ।
पछिल्लो पटक सार्वजनिक भएको ‘कसोगरी बोलाउ’बोलको गीतमा मनोहर सुनामले संगीत गरेका छन् । भोला पौडेलको शब्द गीतको म्यूजिक भिडियो रत्न जोशीले निर्देशन गरेका हुन् ।
म्यूजिक भिडियोमामोडल विकाश लामिछाने र रश्मी श्रेष्ठले जोडीका रुपमा अभिनय गरेका छन् । म्यूजिक भिडियोमा नगरकोटको रमणिय दृष्य समावेश गरिएको छ । म्यूजिक भिडियोमा नबिक के श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको सम्पादन रहेको छ ।
गीतको म्यूजिक भिडियो :