साप्ताहिक संवाददाता
भाद्र ४, २०७६
नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिादै छ । यसै तीजको अवसरमा कलाकारहरूले तीजका भाकाहरू बजारमा ल्याइरहेका छन् ।
मौलिकताले भरिपुर्ण तीज गीत सिर्जना गर्न माहिर सर्जक हरि विष्टले यसपालि ‘माइतीको देश २’ बोलको तीज भाका बजारमा ल्याएका छन् ।
उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ । हरि विष्टको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन् ।
मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ ।
करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन् ।
गीतको म्यूजिक भिडियो :