साप्ताहिक संवाददाता
गायक आनन्द कार्की र गायिका निशा देशारको आवाजमा ‘सुहागरात’बोलको गीत सार्वजनिक भएको छ । गीतमा एकातिर सुहागरातमा आफूलाई नसताउन आग्रह गरिएको छ भने अर्को तर्फ सुहागरातमा आएको भावना नछेक्ने आग्रह गरिएको छ ।
‘ऐ मेरो दुलाहा राजा मलाई धेरै नसताउन सुहागरातमा
ऐ मेरी दुलही रानी चाहानाको सागर नरोक सुहागरातमा ।’
बुधबार मात्रै सार्वजनिक गरिएको यो गीत गीतकार डा. डिआर उपाध्यायले लेखेका हुन् । फरक शैलीको यो गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । गायक आनन्द कार्की गायिका निशा देशारले गाएको यो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
सविता रेग्मी र निर्मल न्यौपानेले अभिनय गरेको गीतको म्यूजिक भिडियो सुवास प्रधानले निर्देशन गरेका हुन् । प्रेम लामाले छायांकन गरेको गीतको म्यूजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :