होटल व्यवसायमा कार्की

- नरेन्द्र बस्नेत

भाद्र ६, २०७६

अधिकांश मानिस अभिनय क्षेत्रमा पाइने सफलता र रंगीन दुनियाँको कल्पना गर्छन्, तर एक अभिनेता भने त्यही रंगीन दुनियाँलाई चटक्क बिर्संदै होटल व्यवसायमा क्रियाशील भएका छन् । केही चलचित्रमा सफल अभिनय गरेका अभिनेता अर्जुन कार्की खेल क्षेत्रमा समेत आबद्ध थिए । यद्यपि अहिले उनी चलचित्रको रंगीन पर्दाबाट ओझेलमा परिसकेका छन् ।

काठमाडौंको पशुपतिनाथबाट पदयात्रा सुरु गरी सगरमाथाको चुचुरोमा पुगेर टाउकाले टेकेर उभिएका कार्की अहिले पनि यो कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउने ध्याउन्नमा छन् । सगरमाथा आरोहणका क्रममा दुवै खुट्टाका औँला गुमाएका कार्की केही समयको आरामपछि सुनसरीको इटहरीमा मुस्ताङको वातावरणको अनुभव गराउँदै अर्ग्यानिक खानाको स्वाद चखाउने उद्देश्यका साथ वातानुकूलित मुस्ताङ हाउसको सञ्चालनमा सक्रिय भएका छन् ।

प्रकाशित :भाद्र ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्