साप्ताहिक संवाददाता
भाद्र ७, २०७६
यो वर्ष एउटा ट्युसन शिक्षकको संघर्ष कथामा आधारित चलचित्र सुपर थर्टीबाट प्रशंसा र प्रसिद्धि कमाएका ऋत्विक रोशन वर्ल्ड्स टप मोस्ट डटकमले गरेको सर्वेक्षण मोस्ट हेन्डसम म्यान इन द वर्ल्डमा पहिलो स्थानमा उक्लिएका छन् ।
यसका लागि ऋत्विकले क्रिस इभान, डेबिड बेकह्याम, रबर्ट पेटिन्सनजस्ता हस्तीलाई पछाडि पारेका थिए । आफ्नो सर्कलमा ‘ग्रिक गड’ उपनामले चर्चित ऋत्विक यो सूचीको पहिलो स्थानमा कब्जा जमाउने पहिलो बलिउड कलाकार हुन् ।
यो उपलब्धि प्राप्त गर्न ऋत्विकलाई उनको निलो आँखा तथा जिम फिट शरीरले साथ दिएको बताइन्छ ।