साप्ताहिक संवाददाता
डिजाइन रेन्डर्सद्वारा बाहिरतिर पट्टिने फोन प्रदर्शित
माथिपट्टि पप–अप ‘टेलिस्कोपिक’ क्यामेरा
समग्र डिस्प्ले वरपर स्लिम बेजल
थ्रीडी रेन्डर्समार्फत ओपोद्वारा विकसित फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) सम्बन्धी जानकारी रेन्डर्स डब्लूआईपीओ (वर्ल्ड ईन्टेलेक्चसअल प्रोपर्टी अर्गनाइजेसन)को साइटमा उपलब्ध गराइएको छ ।
मोनोक्रोममा उपलब्ध उक्त थ्रीडी रेन्डर्सले बाहिरतिर पट्टिन सघाउने कन्सरटिनेड हिंजसहितको उपकरण देखाएको छ । उपकरणमा रहेको ठूलो स्क्रिन वरपरको बेजलको मात्राले यो मोडललाई पृथक देखिन सघाएको छ ।
यो फोनको डिस्प्ले खुल्ला राख्दा प्रयोगकर्तालाई अझ जीवन्त स्क्रिनको अनुभव प्रदान गर्छ भने पट्याएर राख्दा यसले अझ उपयोगी उपकरणका रूपमा काम गर्छ । यो फोनमा प्राइमरी (हेर्दा डुअल झैँ देखिने) क्यामेरा प्रणालीलाई पप्–अप् मेकानिजम मार्फत लुकाएर राखिएको छ । ओपोले आफ्नो यो पट्याउन मिल्ने उपकरणका बारेमा कुनैपनि कुरा आधिकारिक रूपमा घोषणा गरिसकेको छैन । यसको मूल कारण फोन पूर्ण रूपमा तयार भैनसक्नु हो ।
स्रोत : डब्लूआईपीओ