साप्ताहिक संवाददाता
भारतको प्रसिद्ध समाचार नेटवर्क आजतकले कर्भी–इन्साइट नामक संस्थासँग मिलेर गरेको सर्वेक्षण ‘देशका मिजाज’ अन्तर्गत बलिउडका अभिनेताहरूका बारेमा गरिएको सर्भेअनुसार सलमान खान पहिलो स्थानमा छन् ।
यो वर्ष औसत दरिएको उनको चलचित्र भारत मात्र सार्वजनिक भए पनि भारतीय जनताले अब्बल नायकहरूको सूचीका लागि सलमान खानलाई सर्वाधिक मत दिएका थिए । कुल ८ प्रतिशत मतका साथ सलमान अब्बल दरिएका हुन् । सलमानलाई पछ्याउनेमा दोस्रो स्थानमा अक्षयकुमार (७ प्रतिशत मत) तथा तेस्रो स्थानमा रणवीर सिंह (६ प्रतिशत मत) छन् ।
यो सूचीको चौथो स्थानमा संयुक्त रूपमा अमिताभ बच्चन, साहरूख खान, रणवीर कपुर र अजय देवगन छन् । उनीहरू चारै जनाले ६ दशमलव ५ प्रतिशत मत प्राप्त गरेका थिए । सूचीको पाँचौं स्थानमा दक्षिण भारतका अभिनेता प्रभास, टाइगर श्राफ तथा साहिद कपुर छन् । उनीहरूले पाँचौं स्थानका लागि ६ प्रतिशतभन्दा केही कम मत पाएका थिए ।