साप्ताहिक संवाददाता
भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाडा अटो शोमा विभिन्न नयाँ मोडलका कार तथा बाइकहरू हेर्न पाइनेछ । कतिपय कम्पनीले आधिकारिक रुपमा ती कार तथा बाइकका बारेमा जानकारी प्रदान गरिसकेका छन् ।
हुन्डाई भेन्यू
भेन्यूमा ८ इन्चको टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड जडान गरिएको छ । यो कारको क्याविन निक्कै आरामदायक छ । क्याबिनमा पर्याप्त स्पेस छ भने बुट स्पेस पनि ठूलो छ । यद्यपि पछाडि बस्ने मानिस अग्लो भए स्पेस कम हुनसक्छ । हुन्डाई भेन्यूमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामेरा आदि विशेषता छन् । यसमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता छन् । हुन्डाईको भेन्यु तीनवटा इन्जिन अप्सनमा उपलब्ध छ ।
टाटा एच ५ तथा अल्ट्रोज
टाटाको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज तथा एसयूभी टाटा हृयारियर अटो शोको विशेष आकर्षण हुनेछन् । नयाँ कार अल्ट्रोज एलइडी प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ लाइट, अलोय ह्वील, मल्टिपल राइडिङ मोड, इन बिउल्ड नेभिगेसन, भ्वाइस कमान्ड, एप्पल कारप्ले, एन्ड्रोइड अटो नेक्टिभिटी आदि विशेषताले युक्त छ । त्यस्तै यसमा सेमी–डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर राखिएको छ ।
टाटा एच ५ एसयूभी सेग्मेन्टको कार हो । यसमा १९५६ सीसी क्षमताको इन्जिन छ भने ६ वटा स्पिड गियर छ । डिजेल भेरियन्टको यो कारले प्रतिलिटर १७ किलोमिटर माइलेज दिन्छ । भारतमा ह्यारियरको नाममा बिक्री हुने कारलाई नेपालमा एच–५ नामाकरण गरिएको हो ।
फोर्ड इकोस्पोर्ट थन्डर
फोर्डको इकोस्पोर्ट थन्डर एडिसनमा इलेक्ट्रिक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रयुमेन्ट क्लस्टर आदि परिवर्तन भएको छ । नयाँ इकोस्पोर्टमा ९ इन्चको फm्लोटिङ टचस्क्रिनयुत्त इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । यो १ दशमलव ५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिन तथा अर्को १ दशमलव ५ लिटर टीडीसीआई डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।
रेनो ट्राइबर र डस्टर
हालै भारतमा सार्वजनिक गरिएको ट्राइबर मल्टियुटिलिटी भेइकल (एमपीभी) तथा डस्टर फेसलिफ्ट (एसयुभी) नाडा अटो शोकै क्रममा नेपाल आउने भएका छन् । ५ र ७ सिटर अप्सनमा उपलब्ध हुने ट्राइबर ५ स्पिड म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । १ लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९० बीएच पावरका साथै ११० एनएम टर्क उत्पादन गर्छ । यसको लम्बाई ४ मिटरभन्दा कम हुनेछ ।
रेनोले फेसलिफ्ट डस्टरको डिजाइन, हेडल्याम्प तथा फ्रन्ट लुकमा परिमार्जन गरेको छ । यसको एलईडी डीआरएल तथा प्रोजेक्टर हेडल्याम्प सहित फ्रन्ट बम्परमा समेत ठूलो परिवर्तन ल्याइएको छ । यसमा बीएस–६ मापदन्डको इन्जिन जडान गरिएको बताइन्छ ।
टोयोटा र्याभ फोर
टोयोटाको नयाँ मोडलको र्याभ फोर पनि यही अटो शोमा सार्वजनिक हुनेछ । यो क्रसओभर एसयूभीमा २ दशमलव ५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ । टोयोटाले हाइब्रिड भेइकल पनि यही अटो शोमा उतार्ने बताएको छ, तर कुन मोडलको भन्ने कुरा अझै सार्वजनिक गरेको छैन ।
महिन्द्रा एक्सयूभी ३०० तथा मराजो
महिन्द्रा एक्सयूभी ३०० दुई इन्जिन अप्सन र ४ भेरिएन्टमा उपलब्ध छ । यो एसयूभी १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन तथा १ दशमलव २ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनमा उपलब्ध छ । यो एसयूभीमा ७ एयरब्याग, फ्रन्ट पार्किङ सेन्सर, हिटेड विङ मिरर, एन्टि पिंचका साथमा इलेक्ट्रिक सनरुफ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, स्टेयरिङ मोड्स तथा अल हिृवल डिस्क ब्रेक जस्ता फिचर छन् । त्यसैगरी मराजोमा स्ट्यान्डर्ड डबल एयरब्याग, एबीएस, ड्राइभरका लागि सिटबेल्ट रिमाइन्डर तथा आइसोफिक्स एंकरेज छ । मराजो महिन्द्रा कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो र सुरक्षित प्यासेन्जर भेइकल हो । मराजोको डिजाइन शार्क माछाबाट प्रेरित छ ।
होन्डा सिभिक
होन्डाको मिड साइज सेडान कार सिभिकको १० औं संस्करणको कार अटो शोमा उपलब्ध हुनेछ । होन्डा सिभिक १ दशमलव ८ लिटरको पेट्रोल इन्जिनले १४१ बीएचपीको पावर तथा १७४ एनएमको टर्क जेनरेट गर्छ भने १ दशमलव ६ लिटर ४ सिलिन्डर डिजेल इन्जिनले १२० बीएचपीको पावर तथा ३०० एनएमको टर्क जेनरेट गर्छ ।
जिप कम्पास ट्रेलहक
जिप कम्पास ट्रेलहकमा ८ दशमलव ४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित स्याटेलाइट नेभिगेसन सिस्टम समेत जडान गरिएको छ । यो विशेषता ट्रेलहकको सबै भेरिएन्टमा उपलब्ध हुनेछ । जिप कम्पास ट्रेलहकमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन रहनेछ, जसमा टर्क कन्भर्टर समेत दिइएको छ । यसमा बीएस–६ मापदन्ड अनुसारको २ दशमलव ० लिटर मल्टिजेट डिजेल इन्जिन छ ।
स्याङयोङ म्युसो ग्रान्ड
कोरियाली प्रिमियम गाडी उत्पादक कम्पनी स्याङयोङको पिकअप म्युसो ग्रान्डको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ पर्छ । म्युसो फोर एक्स २ एमटी, फोर एक्स टु एटी, फोरएक्स फोर एटी गरी तीन भेरिएन्टमा खरिद गर्न सकिन्छ । यसमा आकर्षक इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्ने विशेषता उपलब्ध हुनेछ ।
सुजुकीको हाइब्रिड कार
सुजुकीका सियाज, अर्टिगा तथा एस क्रस हाइब्रिड कार पनि यही अटो शोमा सार्वजनिक हुनेछन् । यो वर्षको बजेटमार्फत हाइब्रिड कारमा भारी छुट समेत प्रदान गरिएकाले धेरै कम्पनी यस्ता कारतर्फ आकर्षित छन् । त्यसै अनुसार सुजुकीले पनि हाइब्रिड कार भित्र्याएको छ ।
सबैभन्दा सस्तो कार
नेपालमा उपलब्ध सबैभन्दा सस्तो कार ड्याटसन रेडी गोलाई मानिन्छ । हाल यसको फेसलिफ्ट भर्सन आइसकेको छ । ८ सय सीसी इन्जिन क्षमताको यो स्मल ह्याचब्याक कार नेपाली बजारमा बिक्री हुने सबैभन्दा सस्तो आइसी इन्जिनयुक्त कार हो । कम्पनीले यसलाई नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ ।