साप्ताहिक संवाददाता
बलिउडमा बेबी डल भनिने सनी लियोनको आइटम डान्स रहेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज भएको छ । भदौ २७ गतेलाई रिलिज डेक लक गरेको ‘पासवर्ड’ले विश्व सम्पदा सूचीमा परेको नेपालको एक मन्दिरको बहुमूल्य मूर्ति चोरीको विषयलाई उठान गर्न खोजेको छ ।
सार्वजनिक ट्रेलरले मूर्ति चोरीपछिको खोजीमा चलचित्रको कथा अघि बढ्ने संकेत गरेको छ । चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, वित्रम जोशी, परि राणा, रविन्द्र झा, धिरेन शाक्य, छुल्ठिम गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
सार्वजनिक ट्रेलरमा नेपाल र बेलायतका दृश्यहरु देख्न सकिन्छ । चलचित्रमा सनी लियोनले ‘सनी मेरो नाम’ गीतमा नृत्य गरेकी छिन् । एवी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।
यो चलचित्रमा महेद दवाडी र निर्देशक बस्नेतकै पटकथा र सिमा गुरुङको कथा रहेको छ । अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा लगानी अमित बस्नेत र हिराल जोशीले गरेका छन् । रिलिज ट्रेलरमा अनुपलाई खलपात्रको भूमिकामा प्रस्तुत गरिएको छ ।
पासवर्डको ट्रेलर :