नबोली नबोली बसेको पिरती

- साप्ताहिक संवाददाता

भाद्र ९, २०७६

यहि भदौ १३ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र  ‘मारुनी’मा समावेश तेश्रो गीत रिलिज भएको छ । ‘जाम्न माया जाम, सक्दिना बाँच्न’ बोलको गीतपछि लोकलयमा आधारित ‘हाने मैले झटारो’ बोलको गीत रिलिज गरिएको हो । चलचित्रको ट्रेलरले पनि दर्शकको मन जितिसकेको छ ।

अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङलाई फिचरिङ गरिएको छ । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेकी छिन् । 

पूनम गौतमको निर्माणमा बनेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको यो गीतले पुष्प र रेबिकाको सम्बन्ध प्रष्ट्याएको छ । संजय लामाले खिचेको यो चलचित्रले लामो समयदेखि सुनसान बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । 

गीतको भिडियो :

प्रकाशित :भाद्र ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्