साप्ताहिक संवाददाता
भिभो नेपालले भिभोको नयाँ उत्पादन एस–१ नेपाली बजारमा आधिकारिक रूपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजको ट्यागलाइन ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ राखिएको छ ।
भिभो एस–१ स्मार्टफोन स्क्रिन टच आईडी, सुपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामेरा, एआई ट्रिपल रियर क्यामेरा तथा स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरूसहित डायमन्ड ब्ल्याक तथा स्काईलाइन ब्लू कलर्समा उपलब्ध गराइएको छ ।
भिभो एस–१ स्टायलिस डिजाइन, स्मार्ट क्यामेरा तथा ठूलो स्क्रिनका साथमा क्लियर भिजुअल एक्सपेरियन्स एवं भरोसायोग्य पर्फमेन्सका साथ आएको दाबी गरिएको छ । भिभो एस–१ मा अल्ट्रा गेम मोड, स्क्रिन टच आईडीजस्ता थप विशेषताहरू पनि छन् ।
भिभो एस–१ मा ६ जीबी र्याम तथा १ सय २८ जीबीको आन्तरिक स्टोरेज (रोम) छ जसले भिडियोहरू, गीत संगीतहरू र स्टोर गर्न तस्बिरहरू संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ । पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नका लागि भिभो एस–१ मा ४ हजार ५ सय एमएएचको ब्याट्रीका साथ ड्युल इन्जिन फास्ट चार्जिङ मिडियाटेक ६ हजार ७ सय ६८ प्रोसेसर राखिएको छ । नेपाली बजारमा यो फोन ३४ हजार ६ सय ९० रुपैयाँमा उपलब्ध हुने बताइएको छ ।