साप्ताहिक संवाददाता
भाद्र ९, २०७६
विश्व महिला क्रिकेटमा विरलै मात्र फ्रेन्चाइज क्रिकेट हुन्छन् । त्यसमाथि महिला खेलाडीको लिलामी त भएकै छैन भने पनि हुन्छ । यस्तोमा नेपालमा वुमेन्स टी–२० लिग हुने घोषणा हुँदा नेपाली क्रिकेट समर्थक निकै खुसी देखिएका थिए, तर दुःखको कुरा के भने प्रतियोगिता निर्धारित समयमा हुन सकेन, मिति एकपछि अर्को गर्दै सर्दै गयो ।
पूर्व घोषणाअनुसार चैतमै यो प्रतियोगिता विराटनगरमा हुनुपर्ने थियो, तर हुन सकेन । अब यो प्रतियोगिता यही भदौको मध्यतिर काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका लागि खेलाडीको लिलामीसमेत भैसकेको छ ।
यो लिगमा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन तथा धनगढी वन्डर वुमेन सहभागी छन् ।