साप्ताहिक संवाददाता
ओम नमः शिवाय प्रोडक्सनको व्यानरमा चलचित्र ‘तिमीसँगै हुने मन छ’ निर्माण हुने भएको छ । यो चलचित्रलाई ‘क्याप्टेन’ फेम्ड निर्देशक दिवाकर भट्टराईले निर्माण गर्न लागेका हुन् ।
बुझिए अनुसार चलचित्रमा दिवाकरले आफ्नै धर्मपत्नी तथा ‘ऐश्वर्य’ बाट चर्चामा आएकी अभिनेत्री दिपिका प्रसाईंलाई अभिनेत्री बनाउने पक्का भएको छ । निर्माण टिमले अभिनेता र अन्य कलाकार सार्वजनिक गरेको छैन । आगामी दशैपछि फ्लोरमा जाने निर्माण टिमको योजना छ ।
यस विषयमा चलचित्रका निर्देशक दिवाकर भट्टराईले भने, ‘हामीले यो नामको चलचित्र दर्ता गरेका हौं, बाँकी विषय घोषणा गरेपछि जानकारी गराउने छौं ।’ चलचित्र पुर्ण प्रेम कथामा आधारित हुने जनाइएको छ ।
हाल दिवाकर भट्टराईसहित एक टिम चलचित्रको स्क्रिप्टलाई फाइनल गर्ने अन्तिम तयारीमा छ । चलचित्रमा दिपिकासँगै केहि नाम चलेका र केहि विल्कुलै नयाँ कलाकार इन्ट्रि हुने बुझिएको छ ।