साप्ताहिक संवाददाता
भाद्र १०, २०७६
तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुचि भए पनि उनले विगत ५ वर्षदेखि भित्तेकलाको काम सुरु गरेका हुन् । लामो कपाल, झुस्स दार्ही पाल्ने उनी दार्ही ग्याङमा समेत आबद्ध छन् ।
सुमनले वीर अस्पतालसँगै सयभन्दा बढी भित्ताहरूमा आफ्नो कला देखाइसकेका छन् । बिजनेस स्टडिजका विद्यार्थी वाग्ले अहिले भित्तेकलालाई नै आफ्नो मुख्य पेसा बनाइरहेका छन् । जागिरका लागि कोसिस पनि गरेँ तर चित्रकलामा जस्तो रमाउन सकिन र भित्तेकलामै केन्द्रित भएँ, –वाग्ले भन्छन् ।
उनले केही विद्यालय, थुप्रै रेस्टुराँ तथा घरका भित्ताहरूमा आफ्नो कला देखाइसकेका छन् ।