साप्ताहिक संवाददाता
फाइभ जीबाट के–कस्ता कार्य गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अस्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ, फाइभ जी पावर्ड स्मार्ट होटलको निर्माण गरेको छ । समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि तथा फाइभ जी नेटवर्कको पूर्ण सुविधा उपलब्ध गराइएको छ । आउने केही महिना यो होटल अस्ट्रेलियाका विभिन्न फाइभ जी लोकेसनहरूमा पुर्याइनेछ । यसको सुरुवात गोल्ड कोस्टको होम अफ आर्ट्स (एचओटीए) बाट गरिएको छ ।
के–कस्ता सुविधा ?
स्मार्ट (मिरर) ऐना–होटलमा रहेका स्मार्ट मिररमा पाहुनाले आशा गर्न सक्ने सम्भवतः सबै किसिमका सुविधा उपलब्ध गराइएको छ । यसलाई स्मार्ट उपकरणसँग कनेक्ट गरी ताजा समाचार हेर्ने, सेयर बजार सम्बन्धी ताजा जानकारी लिने, बिहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने वा परफेक्ट मिरर सेल्फीका लागि उपयुक्त प्रकाशको व्यवस्था पनि गर्न सकिन्छ ।
सर्वसुलभ गेम– होटलमा रहेको फाइभ जी गेमिङ स्विटमार्फत पाहुनाले आफ्नै हत्केलामा हाई एन्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभ जी स्मार्टफोनको सहायताबाट गेमको भण्डारसम्म आफ्नो पहुँच बनाई आफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् ।
बोलेरै कार्य सम्पादन– यो होटलमा उपलब्ध गराइएको रेनो फाइभ जी उपकरण गुगलको होम हब तथा स्मार्ट होम फिचर्सबाट सुसज्जित छन् । पाहुनाले केवल आवाजको माध्यमबाट प्रकाशको तीव्रता नियन्त्रण, यू–ट्युब म्युजिकमार्फत आफूलाई इच्छा लागेका गीत बजाउन तथा गुगललाई प्रश्न सोधी सहजै उत्तरसमेत प्राप्त गर्न सक्छन् ।
संवर्द्धित वास्तविकताको अनुभव (एआर)– होटलले उपभोक्तालाई संवर्द्धित वास्तविकता (एआर) को अभुतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ एआर एप्सहरू पनि प्रदर्शनीमा राखेको छ । प्रदर्शित एप्समा रेनो फाइभ जीको अन्तर्क्रियात्मक परिचयका साथै एआर वारड्रोब आदि छन् । एआर वारड्रोबले पाहुनालाई विभिन्न पहिरन भर्चुअल एआर रनवेमार्फत पूर्वावलोकन गर्न सघाउँछ ।
बफर रहित मनोरञ्जन सुविधा– होटलमा फाइभ जीका माध्यमबाट मुटु छुने कन्टेन्टहरू डाउनलोड, स्ट्रिम तथा हेर्ने सुविधा पनि उपलब्ध छ । बफर–फ्री नेटफ्लिक्सको मज्जा लिने वा कफी बनाउँदै आफूलाई मन पर्ने सिरिज पूरै डाउनलोड गर्ने वा होटलको फराकिलो टिभी स्क्रिनमा त्यसको मज्जा लिने सुविधा पनि उपलब्ध छ ।
४० फिटे सिपिङ कन्टेनरलाई फ्युचरिस्टिक होटलमा रूपान्तरण गरिएको फाइभ जी होटल एचओटीएको अभूतपूर्व अनुभव लिन चाहनेहरूले १ सय ५० अस्ट्रेलियन डलर खर्च गर्नुपर्ने हुन्छ । यसरी संकलित समग्र रकम स्थानिय च्यारिटीमा जाने बताइएको छ ।
म्याटब्ल्याक बाह्य सजावटलाई सुहाउँदो न्यूनतम आन्तरिक टचसहित फाइभ जी होटल, आफैंमा एउटा क्लासिक्याबिन झैँ देखिन्छ । यद्यपि त्यसभन्दा पनि बढी यसभित्र उपलब्ध गराइएका सेवा–सुविधाले यसको पहिचानलाई अझ फराकिलो बनाएको छ ।
होटलको विलासी वान बेडरुम स्विट फाइभ जी क्लाउड गेमिङ, बफररहित स्ट्रिमिङ, इमर्सिभ एआर एप्स तथा स्मार्ट मिररलगायत अत्याधुनिक स्मार्ट होम फिचर्सबाट सुसज्जित छन् । यो फाइभ जी होटलका पाहुनाहरूले एचओटीएमा ग्लो फेस्टिभल, फार्मर्स मार्केट, डान्सिङ अन द ग्रिन तथा सहरको इस्टेड फुडलगायत अस्ट्रेलियाको मौलिक तथा सर्वाधिक ठूलो परफर्मिङ आर्ट्स शोको मज्जासमेत लिन सक्छन् । कन्टेनरमा स्थापित यो मुभेबल होटल गोल्डकोस्टपछि अस्ट्रेलियाका विभिन्न सहरसम्म पुर्याइने बताइएको छ ।