साप्ताहिक संवाददाता
यौनसम्पर्क गर्दा कामकाजले सिर्जना गरेको तनाव कम हुनुका साथै टाउकाको पीडा पनि निको हुन्छ ।
लगभग २५ प्रतिशत पुरुष जुनसुकै समयमा पनि यौनसम्पर्ककै बारेमा सोचिरहेका हुन्छन् ।
यौन क्रियाको चरम अवस्थामा स्त्री–पुरुष दुवैको हृदयको धड्कन १ सय ४० प्रतिमिनेटसम्म पुग्छ ।
महिलाहरू ४५ वर्षको उमेरसम्म औसत ३ हजारपटक यौनसम्पर्क राख्छन् ।
४० वर्षको उमेरसम्मका पुरुषहरूको यौनांग केवल १० सेकेन्डमै उत्तेजित हुन्छ ।
संसारमा सबैभन्दा बढी यौन सम्पर्क राख्ने दम्पति ग्रीसका मानिन्छन्, उनीहरू वार्षिक औसत १ सय ३८ पटक यौनसम्पर्क राख्छन् । त्यसैगरी सबैभन्दा कम यौन सम्पर्क राख्ने दम्पति जापानी हुन्छन्, उनीहरू एक वर्षमा औसत ४५ पटकमात्र यौन सम्पर्क राख्छन् ।
पुरुषको लिंगबाट प्रवाहित हुने वीर्यको गति ३६ दशमलब ९ किलोमिटर प्रतिघण्टा हुन्छ, जुन युसेन बोल्टले १ सय मिटरको दूरीमा कायम गरेको विश्व कीर्तिमान बराबर मानिन्छ ।
एक वयस्क पुरुषको अण्डकोशमा यतिधेरै शुक्राणु हुन्छन् कि त्यसलाई ४ सय ४ मिटरसम्म विस्तार दिन सकिन्छ ।
एउटा सानो क्याफ्सुलमा यति धेरै शुक्राणु राख्न सकिन्छ कि ती शुत्राणुको सहयोगले अहिले पृथ्वीमा रहेको मानिसको जनसंख्याभन्दा बढी जनसंख्या बनाउन सकिन्छ ।
यौनसम्पर्कका बेला महिलाहरूको स्तन र योनीका अतिरिक्त नाकको भित्री भाग पनि फुलेर आउँछ ।
यौनसम्पर्क गर्दा पुरुषको दाह्री अरु अवस्थाको तुलनामा बढी तीव्र गतिले बढ्छ ।
एकपटकको यौन सम्पर्कमा पुरुषले लगभग १ सय क्यालोरी ऊर्जा खपत गर्छ ।
ब्राजिलका युवायुवतीहरू अन्य कुनै पनि देशका युवायुवतीको तुलनामा सबैभन्दा छिटो आफ्नो कौमार्य गुमाउँछन् ।
धेरै रक्सी पिउने पुरुषलाई महिलाहरूले सबैभन्दा पहिले अस्वीकार गर्छन् ।
यौन सम्पर्कका बेला पुरुषलाई महिलाको तुलनामा बढी पसिना आउँछ । किनभने महिलाको शारीरिक संरचनामा शरीरबाट निस्कने पसिनालाई नियन्त्रित गर्ने क्षमता हुन्छ ।
लगभग ३० प्रतिशत पुरुषमा शीघ्र पतनको समस्या हुन्छ ।
लगभग ८३ प्रतिशत महिला आफ्ना पुरुष साथीको लिंगको आकारबाट पूर्णतया सन्तुष्ट हुन्छन् ।
लगभग ७५ प्रतिशत पुरुषले यौन सम्पर्क गर्दा ३ मिनेटभित्रै वीर्य स्खलन गर्छन् ।
संसारभर प्रत्येक दिन लगभग १ अर्ब मानिस यौन सम्पर्कमा संलग्न हुन्छन् ।