साप्ताहिक संवाददाता
दीपिका पादुकोण अहिले बलिउड अभिनेत्रीहरुमा अग्रपंक्तिमा छिन् । हरेक किसिमका भुमिकामा सहजै प्रस्तुत हुन सक्ने खुबीका कारण दिपिकाको चर्चा भैरहन्छ । चलचित्रको कुरा भन्दा बेग्लै विषयमा कुरा गरौं न! फिटनेश र आकर्षक जिउडालका कारण पनि दीपिका सधै चर्चामा छिन् । निकै व्यस्त दैनिकीका बाबजुद पनि दिपिका कसरी फिट र सुन्दर छिन् ? भारतीय मिडियाहरुको सहयोगमा तयार पारिएको रहस्य ।
– दीपिका नियमित व्यायाम गर्छिन् । जस्तोसुकै व्यस्तता आइपरेपनि व्यायाममा हेलचेक्राई गर्दिनन् । खास गरेर दीपिकालाई योग गर्न धेरै मन पर्छ ।
– भारतको एक लोकप्रिय मिडियाका अनुसार दिपिका सामान्य जीवनशैली अपनाउने अभिनेत्री हुन् । अनुशासित जीवनशैलीका कारण यो सबै सम्भव भएको उक्त मिडियाले दावी गरेको छ ।
– दीपिका व्यायामपछि लगभग आधा घण्टा घर नजिकै हिड्ने गर्छिन् ।
– उनले नियमित रुपमा नगरेपनि कहिलेकाहीँ नृत्य पनि गर्छिन् । नृत्यले हरेक मानिसलाई फिट राख्न सक्ने उनको तर्क छ ।
– दीपिकालाई दिउसोको खाजामा रोटी निकै मन पर्छ । रोटीसँग ग्रेमी स्टायलको माछा भए उनलाई अरु केहि पर्दैन ।
– हरेक दिन विहान दुईवटा अण्डा खान्छिन् । यसबाहेक लो फ्याटयुक्त दुध पनि उनले नियमित रुपमा खाइरहेकी हुन्छिन् ।
– प्रत्येक दुई घण्टाको फरकमा ताजा फलफुल खाने दीपिकाले नरिवल पानी पनि निकै खान्छिन् ।
– शरिरमा पानीको मात्रा कहिल्यै कम हुने नदिने उनलाई दिनभरमा कति पानी पिउँछिन् भन्ने समेत हेक्का हुँदैन ।
– दीपिका खानपानमा हेलचेक्राई गर्नै नहुने बताउँछिन् । ठिक समयमा ठिक खाना खानेहो भने धेरै रोगवाट बच्न सकिने उनको तर्क छ ।
– रातीको सात बजेपछि दिपिका खानाको रुपमा भात प्रयोग गर्दिनन् । राती सुत्नुअघि उनलाई डिनरको रुपमा केहि पिस रोटी, दुध, साग तथा स्लाद भए पुग्छ ।
– उनले निद्रामा कहिल्यै हेलचेक्राई गर्दिनन् । प्रयाप्त मात्रामा निद्रा, पानी र हरियो सागसव्जी खानेहो भने शरिर स्वस्थ रहने दीपिकाको तर्क छ ।