साप्ताहिक संवाददाता
भाद्र १०, २०७६
मायामा परेका जोडी भेट हुँदा एक–अर्काको समिपमा बस्न खोज्नु नौँलो कुरा होईन् । तर, गायिका मिना निरौलालाई भने मायामा शरीरको सामिप्यता सहज लागेको छैन् । उनको यो असहजता वास्तविक जीवनको भने होईन् ।
हालै सार्वजनिक उनले गाएको एक गीतको भाव हो यो । मिना निरौलासँग मायाका भावमा आवाज साटेका छन् गायक तथा संगीतकार सागर अधिकारी‘सरद’ले । सार्वजनिक गीत डा. डिआर उपाध्यायले लेखेका हुन् । सार्वजनिक उक्त गीतमा गायक अधिकारीलेनै संगीत गरेका छन् ।
गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । माईकल चन्दले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कविता नेपाली र रमेश सोदारीले जोडीका रुपमा अभिनय गरेका छन् । उत्सव दहालले खिचेको म्यूजिक भिडियो शीलन लम्सालले सम्पादन गरेको छन् ।
गीतको म्यूजिक भिडियो :